२०७२ सालको बार्षिक राशि फल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ग्रह गोचर यस बर्ष मध्यम रहनेछ । अढैँया शनिको प्रतिकूल प्रभाव बर्षभरी नै रहनेछ । कर्मेश र आयेश अष्टमस्थानमा रहेकोले अर्थिक अवस्था र स्वास्थ्य अवस्था राम्रो देखिन्न । हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि हुँदैन । बेलाबेलामा मन विचलित भइरहनेछ । माघसम्म राहु अनुकूल भएकोले परिश्रमबाट काममा सफलता मिल्नुको साथै शत्रु पराजय हुने, मित्रहरुको सहयोग पाउने योग छ । गुरुको अनुकूलताले बौद्धिक क्षेत्र बलियो हुनेछ । नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ । राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ । भएका सन्तानहरुबाट सुख र नहुनेहरुको लागि सन्तान प्राप्तीको योग पनि यो बर्ष बलियो छ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । छात्रवृद्धि हासिल गरी विदेश पढ्न जाने अवसर मिल्नेछ । नयाँ घर, नयाँ सवारी जोड्ने अवसर मिल्नेछ । व्यपारमा उच्च प्रगतिको योग छ । प्रेम प्रसङ्गले वैवाहिक मार्ग अवलम्वन गर्ने छ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । आषाढ, आश्विन, माघ, फाल्गुन महत्वपूर्ण कामका लागि अनुकूल रहनेछ भने श्रावण, मार्ग, चैत्र धेरै समस्या झल्नुपर्ने समय छ । स्वास्थ सन्तुलित राख्न धेरै हिड्ने, खानपानमा विचार पु¥याउने गर्नुहोला । नगद सहयोग गर्न बन्द गर्नुहोला, बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । बर्षभरी नै विहान उठेर ‘ॐ नमः शिवाय’ मन्त्र १०८ जप गर्नु सर्वोत्तम हुनेछ ।

बृष

यो बर्षको ग्रह गोचर त्यति अनुकूल देखिन्न । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । आम्दनी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । बर्षको शुरुमा केही राम्रा लक्षणहरू देखा परे पनि विना कारणका झन्झटहरू आइरहनेछन् । निरर्थक यात्रा प्रशस्तै गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने, पति–पत्नीबीच विवाद प्रशस्तबढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउनुको साथै छिटो निर्णय गर्दा बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन । राज्यबाट पाउने सहयोग कायमै रहने र कूटनीतिक क्षेत्र बलियो रहने भएपनि शत्रु प्रशस्त हुनेभएकोले विवेकको प्रयोग गर्नुपर्ला । हड्डी, नसा र पेटका समस्या बढ्ने हुनाले खानपानलाईबर्षभरीनै ध्यान दिनुपर्ला । गोपनियतामा निरन्तर रहनु उचितछ । चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । श्रावण, कार्तिक, फाल्गुन, चैत्र महिनामा प्रयास गर्दा सफलता मिल्नेछ । बैशाख, भाद्र, पौष महिनामा निकै कष्ट भोग्नु पर्ला । नयाँ बर्ष शुभदिनमा आरम्भ भएकोले प्रयासमा सफलता पाउने योगछ । ‘ॐ नमः शिवाय मृत्युञ्जयमहादेवाय नमोऽस्तुते’ मन्त्र बर्षभरी नै बिहान जप गर्नुहोला।

मिथुन

समग्रमा यस बर्ष ग्रह गोचर राम्रोछ । परिवारिक सुख नभएपनि व्यक्तिगत कार्यहरू सूचारु हुनेछन् । बर्षारम्भको द्वितीय गुरु, षष्ठ शनि अनुकूल भएकोले वाक्सिद्धिकासाथै शत्रुपारजय हुनेयोगछ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । राज्यबाट सम्मान हुने,वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडीबढ्नेछन् । कूटनीतिक कार्यमा आफूलाई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । भाग्यलाई भन्दा यस बर्ष कर्मलाई जोड दिनु वेशहोला । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योगछ । चतुर्थ राहु र भाग्येश शनि छैटौँ भावमा भएकोले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयता बर्षभरीनै अपनाउनु पर्ला । पेटमा शिकायत भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरीछ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचितहुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावनाछ । ठूलाव्यक्तिको सहयोग र साहनुभूति प्राप्त गरेपनि साना–सानाबाट बेला–बेलामा दुःख दिने प्रयत्नहुँदा संयमित भएर काम गर्नु उचित हुनेछ । ज्येष्ठ, आश्विन, माघ महिना प्रतिकूल रहने बैशाख, भाद्र, मार्ग, चैत्र शुभ भएकोले कामगर्दा सोचेर गर्नुहोला ।

कर्कट

योबर्ष ग्रहगोचर राम्रोछ । आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । नयाँकामहरू पनि पाउने योगछ । गुरुको अनुकूलताले बोलीको प्रभाव बढ्नाले भाग्य बलियोछ । धार्मिक कार्यहरुमा धेरै प्रगति देखिन्छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय बर्षभरी नै अनुकूल रहनेछ । व्यापारमा सोचेजस्तै लाभ मिल्ने र वैदेशिक कार्यहरू सुचारु भएर अघि बढ्नेछन् । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । नोकरी तथा राजनीतिमा गुमेकोस्थान फर्काउन सकिनेछ । आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन् विद्यार्थी जीवनमा प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । चलिरहेको प्रेम वैवाहिक बन्धनतिर अघिबढ्नेछ । माघबाट राहु द्वितीय हुने भएकोले अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहेकोले बोल्न विचार पु¥याउनुहोला। दाँतमा पीडाहुने, हातका नशाहरू कमजोर हुने, दाजुभाइर सन्तान, सहयोगीहरुसँग विमति हुने योग भने बर्षभरीनैछ ध्यान दिनुहोला । आषाढ, कार्तिक, फाल्गुन महिनामा महङ्खवपूर्ण काम सकेसम्म नगर्नु राम्रो हुनेछ । बैशाख, ज्येष्ठ, अश्विन, पौषमा आँटेका काम धेरै पुराहुनेछन् ।

सिंह

योबर्ष ग्रहस्थिति प्रतिकूल रहनेछन् । द्वितीय राहु, अष्टम केतु, गुरु तथा शनिसम्म प्रतिकूल रहेकाले एकपछि अर्को समस्यले सताउने, सफलता नमिल्ने, मन अशान्त रहने योगछ । विवाद बढ्ने सञ्चित धनको नाश हुने, अरुबाट तीब्र आलोचना हुने योग देखिएकाले संयम हुनु उचित हुने छ । मित्रहरुले धोकादिने, परिवारले साथनदिने भएकोले समस्या अरु जटिल बन्नेछ । दाँत, मुखमा पीडाहुनेछ । अरुको काम धेरै गर्नुपर्ने र जश नपाउने अवस्थाछ । खर्चबढ्ने आमदानी नहुने, झुटा आरोपको सामना गर्नुपर्ने बाध्यताहरू आइपर्नेछन् । स्वास्थ निकै कमजोर हुनेछ । व्यापारमा संकट आउने, यात्रामा अवरोध हुने,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ । सन्तान तथा मातापितबीचको सम्वन्धसमेत नराम्रो हुने भएकोले सबैतिर बाट एक्लिने अवस्थाले मन बिग्रने अवस्था आउन सक्छ । पढाईमा रुचिपनि देखिन्न, गरेका प्रयासहरू पनि सन्तोषप्रद रहनेछैन । शत्रु प्रशस्त मात्रामा बढ्नेछन्,नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावनाछ । राजनीतिमा प्रशस्त संकटको सामना गर्नुपर्नेछ, धर्मतिर मननजाने र भाग्यले समेत साथ नदिनेभएकोले संयमभएर अगाडि बढ्नु पर्ला । ज्येष्ठ, आषाढ, कार्तिक, माघमा प्रयत्न गर्दा केही काम बन्नेछन् । श्रावण, मार्ग, चैत्रमा अनेकन समस्या आउने मन वचिलित हुने, प्रतिष्ठामा आँच आउने योग भएकोले गोपनीयता अपनाउनु वेश हुनेछ । ‘ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते’मन्त्रको जप बिहान बिहान गरेमा केही लाभ मिल्न सक्छ ।

कन्या

यो बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । एकादश गुरु, तृतीया शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पुराहुने एवं नयाँ कामको अवसर पाउने योगछ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने,वैदेशिक कार्यमा सफलता मिल्ने, विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने,वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावनाछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरुको उचित सहयोग मिल्नेछ, ठूला व्यक्तिले विश्वास गर्नेछन्, परिवारबाट पनि सहयोग पाउनुहोला, घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ । आषाढ २६ गतेदेखि बाह्रौ गुरु र राशिमा राहु, सप्तममा केतु भएकोले मुटु एवं मस्तिष्कमा समस्या आउने, उच्च रक्त चाप हुने, मन अशान्तहुने, काममा अवरोध आउने अवस्था सिर्जना हुनेछ । खर्च धेरै हुने, आमदानी कम हुने, झुटा आरोप लाग्ने सम्भावना भएकोले संयम हुनुपर्ला । मित्रहरुले धोकादिनेछन् आफन्तहरुको लागि सञ्चित धन खर्च गर्नुपर्ने जश नमिल्ने भएकोले विचार गर्नुपर्ला । प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला । व्यापारमा अवरोध आउने, यात्रामा समस्या आउने, विश्वासमा धोका हुने भएकाले गोपनीयतामा जोड दिनुहोला । नोकरी तथा राजनीतिमा विनाकारण समस्या आउन सक्छ, बुझेरमात्र काम गर्नुहोला । विनादोष कारवाहीमा पर्ने सम्भावानछ । यस बर्षको ग्रह गोचरअनुसार ज्येष्ठ आषाढमा मात्र सफलता प्राप्त हुनेछ । भाद्र, पौषमा ठूलो समस्या आउन सक्छ, संयम भएमा शनि अनुकूल भएकोले केही काम बन्नेछन् । ‘ॐ नमो भगवते वासुदेवाय नमः’ मन्त्रको जप बर्षभरीनै गर्नुहोला ।

तुला

बर्षका ग्रहहरू शुरुमा प्रतिकूल रहनेछन् । बाह्रौ राहु, द्वितीय शनिको प्रतिकूल प्रभावले गर्दा एकपछिअर्काे गर्दै समस्याहरू आइरहनेछन् । मानसिक तनाव अनियन्त्रित हुने भएकाले अध्यात्ममा जोड दिनुहोला । शत्रुले खैरो खन्नेछन्, मित्रतथा परिबारको सहयोग पनि खासै देखिन्न । सत्य र असत्य लाइ छुट्याउन मुस्किल पर्नेछ । राजनीतिमा अप्ठ्यारो बनाएर पदप्रतिष्ठाबाट हटाउने प्रयास गर्नेछन् । कुरा काटनेहरू सक्रिय हुनेछन् । धनमाल हराउन सक्ने भएकोले धनको ढुकुटीमा नजर कडाराख्नुहोला । दाँत र मुखमा पीडा हुने सम्भावनाछ । नोकरीमा झुटा आरोप लागाएर स्थानान्तरण वा पदच्युतसम्मको अवस्था सिर्जना हुने भएकोले बोल्दा विचार गर्नुहोला । आषाढ २६ पछि गुरुको अनुकूलताले नोकरी तथा राजनीतिमा आफ्नु वर्चस्व बढ्नेछ । सताउनेहरू क्षमा माग्न थाल्नेछन् । वौद्धिक तीव्रतामा कुटनीतिक क्षेत्र बलियो हुने र राज्यबाट सम्मान पाउने योग छ । आम्दानीको क्षेत्रमा अपेक्षित सुधार आउनेछ । पढाइमा अरु प्रगति हुनेछ, जोश र जाँगर बढ्नेछ । अधुराकाम पुरा हुनुकोसाथै नयाँकाम पाउने योगछ । व्यापारमा प्रगति हुनेछ, प्रेम सफलरूपमा अघिबढ्नेछ । वैवाहिक बन्धनमा बाँधिने वलियो सम्भावनाछ । आफूबाट टाढिएकाहरू नजिकिन थाल्नेछन्। माघबाट राहुसमेत अनुकूल हुनेभएकोले समय अझ राम्रो बन्नेछ । सन्तानबाट सुख मिल्नुको साथै नयाँ सन्तान प्राप्तिको योगपनिछ । महत्वपूर्ण जिम्मेवारी पाउनेर सफल पनि हुने योग भए पनि गोपनीयता भने बर्षभरीनै अपनाउनु पर्नेछ ।श्रावण, भाद्र, पौष, चैत्रमा धेरै सफलता मिल्ने ज्येष्ठ,आश्विनमा ठूला कष्ट हुने समय रहेका छन् ।

बृश्चिक

बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछन् । आँटेका काममा सजिलै सफलता पाउनुहोला ।नयाँ कामको अवसर पनि मिल्नेछ ।अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कृर्तिका कामहरू गर्ने गराउने अवसर मिल्ने, सामाजिक प्रतिष्ठा बढ्ने योगछ । कुराकाटनेहरू आफैँ निस्तेज हुनेछन् । आम्दानीका अवसरहरू पर्याप्त मिल्नेछन् । प्रेम गर्नेहरुका लागि समय अनुकूल रहनेछ,वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तीको पनि सम्भावना छ । घर सम्पत्तिजोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाइ तीव्ररूपले अघिबढाउन सकिनेछ । पढाईमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । राज्यबाट सम्मान पाउने योगछ । आषाढ २६ पछि दशम गुरु प्रतिकूल हुने राशिको, शनिपनि प्रतिकूल रहनेभएकोले समय राम्रो रहनेछैन । मनमा चिन्ता बढ्ने काममा अवरोध आउने, स्वास्थमा समस्या सिर्जना हुने योगछ । विश्वासगरेकाले धोकादिनेछन् घरेलु समस्या बढ्ने, मित्रहरुले धोकादिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन् । सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला माघदेखि राहु दशमा भावमा आउने हुनाले नोकारीमा समस्या आउनेछ । स्थानान्तरण हुने, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला । राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला । आषाढ, कार्तिक, फाल्गुन महिना प्रतिकूल हुने बैशाख भाद्र ,आश्विन, माघ भने महिनाका दृष्टिले राम्रो रहनेछ ।‘ॐ नमो भगवते वासुदेवाय नमः’मन्त्रलाई विहान जप गर्नुहोला।

धनु

ग्रह गोचर प्रतिकूल रहनेछ । समस्याहरू धेरै आउनेछन् । कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँगबढ्नेछ । मानसिक तनाव उच्च विन्दुमा पुग्ने, निकटजनहरुसँग बिना कारण टाढिनु पर्ने आवस्था आउन सक्छ । घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ । पेटको रोग बढ्ने, उच्च रक्त चापबढ्ने र खर्चधेरै हुने योगछ । झुटाआरोप पनि लाग्नेछन् ।नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला । रोजगारीकोलागि निकै भौंतारिनु पर्ला । राजनीतिमा चारैतिरबाट आक्रमण हुनेछ, सानो कुराले पनि पद तथा प्रतिष्ठा गुम्न सक्छ, दाजुभाइसँग सम्वन्ध विग्रनेछ । सहयोगी र सेवकहरू छोडेर जाने धम्की दिन थाल्नेछन् । सन्तानसँग विमति, पति–पत्नीबीच विवाद बढ्ने भएकोले शर्तक हुनु पर्ला । आषाढ २६ देखि गुरु अनुकूल भएकाले भाग्य बलियो हुने,शैक्षिक क्षेत्रमा सुधार आउने, सन्तानहरुसँगको सम्वन्धमा सुधार आउने हुनाले मनोबल बढ्नेछ । धार्मिककार्यमा रुचि बढ्ने, व्यापारमा सुधार आउने, पति–पत्नीबीच विग्रिएको सम्वन्ध राम्रो हँुदैजानेछ । वैदेशिक कार्य सफल हुनेछन्, माघदेखि राहुको परिवर्तनले नोकरीमा आउने अवरोध हटेर जानेछन् ।राजनीतिमा आउने समस्या हटेर जानेछन् खर्चबढ्ने क्रम भने योसालभरि कायम रहने देखिन्छ । ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन, महिनामा गरेका प्रयासहरू सकारात्मक हुनेछ ।श्रावण, मार्गर चैत्रमा धेरै समस्या आउन सक्ने भएकोले महत्वपूर्ण कामहरू आश्विन, कार्तिक र फाल्गुनमा गर्नु वेश हुनेछ । ‘ॐ हँ हनुमते रुद्रात्मकाय हँु फट्’ यो मन्त्रको जप विहान विहान कम्तीमा १०८ गर्नुभएमा सर्वोत्तम हुनेछ ।

मकर

समग्रमा योबर्ष मकर राशिलाइ राम्रो रहनेछ । गरेका कामहरू सफलतापूर्वक अघिबढ्नेछन्। एकादश शनिको अनुकूल प्रभाव एवं बर्ष आरम्भमा तृतीयेश बृहस्पति सप्तम भावमा, तृतीयस्थानमा केतुले गोचर गरिरहेको हुँदा जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन् । मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ । आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । व्यापारमा सफलता सोचेभन्दा वढी नै मिल्नेछ । वैदेशिक कार्यमा सफलता मिल्नुको साथै विदेश अध्ययनमा छात्र वृद्धि प्राप्त भई पढ्न जानेखालको योग देखिन्छ । कूटनीतिक क्षेत्रमा ऐतिहासिक काम गरी आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । नोकारीमा पदोन्नतिका साथै लाभप्रद स्थानमा जाने अवसर मिल्नेछ । राजनीतिमा आफनोवर्चस्व चारैतिर फैलाउन सफलभई उच्चस्थान हासिल गर्ने अवसर मिल्नेछ । विदेशिएका, भुलेका आफन्तहरुले पुनः याद गर्नेछन् । विदेश बासोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै अवस प्राप्त होला । ठूलाव्यक्तिको विश्वास पात्रहुने अवसरका साथै राजनीति नियुक्तिको सम्भावना बलियोछ । पति–पत्नीबीच सुमधुर सम्वन्ध हुनेछ । असल मान्छेले प्रेम प्रस्ताव राख्ने, भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । आषाढ २६ देखि अष्टम गुरुले गोचर गर्नेहँुदा स्वास्थमा समस्या आउने, आर्थिक कारोबारमा समस्या आउने, काममा अरुले अवरोध सृर्जना गर्नसक्ने भएकोले यी पक्षहरूमा सजग हुनुपर्ला । गोपनीयतामा जोड्दिनु राम्रो हुनेछ । बैशाख, भाद्र, पौष महिना नराम्रो भएकोले संयम हुनुहोला, आषाढ, कार्तिक, मार्ग, चैत्र राम्रो भएकोले महत्वपूर्ण काम गर्नुहोला ।

कुम्भ

बर्षारम्भमा अष्टम राहु, द्वितीय केतु तथा षष्ठ गुरुको प्रतिकूलताले स्वास्थ्य र अर्थिक कठिनाइले चिन्तित बनाउनेछ । लेनदेनको विवाद चर्किदा कानुनको शरणमा समेत पुग्नुपर्ने हुन सक्छ । शत्रुले पाहिला पाहिलामा खैरो खन्नेछन्। असफलता धेरै हुँदा मनोबल कमजोर हुनेर काम गर्ने आँट नआउने हुँदा सबैकाम अधुरा रहनेछन्। आमदानीका मार्ग बन्द हुने र खर्चगर्नपर्ने बाध्यताहरुले चिन्ता बढाउने हुँदा निद्राको समस्याबाट बच्नपानी धेरै पिउनु पर्ला । विश्वास दिलाएर फसाउनेहरू प्रशस्तै हुने भएकाले उच्च नेता वा कर्मचारीको ओहोदामा हुनेले कुनै पनि काम गर्दा अरुको विश्वास गरेमा पदप्रतिष्ठामा आँचआउन सक्छ । आषाढ २६ गतेदेखि सप्तम गुरुले गोचर गर्नेहुँदा समय अलि राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा अपेक्षित सुधार आउनेछ । राज्यको प्रतिनिधित्व गरेर नाम र दाम पाउने गरी विदेशजाने अवसर मिल्नेछ, कूटनैतिक कार्यमा अग्रस्थान राज्यबाटपाउनुहोला । नोकरीमा सुधार आउने, राजनीतिमा वैदेशिक सहयोग र स्वदेशी सद्भावद्वारा गुमेको स्थान फर्काउन सफल हुनुहोला । माघदेखि राहुअनुकूल हुने हुँदा सफलताका मार्गहरू सबै खुल्नेछन् । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । अरुसँग गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ । पढाइमा सफलता मिल्ने, सन्तानहरुबाट सहयोग पाउने, सन्तान नहुनेको सन्तान प्राप्ती हुने योगसमेत देखिन्छ । पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला । बैशाख,श्रावण, मार्ग, पौष समय आफ्नु पक्षमा रहने भएकोले राम्रो काममा अग्रसर हुनुहोला । ज्येष्ठ, आश्विन, माघ प्रतिकूल महिना भएकोले संयम भएर काम गर्नुहोला ‘ॐ नमः शिवाय’ मन्त्रको जप सधैँ गर्नुहोला ।

मीन

बर्षारम्भको समय अनुकूल भएकोले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला, मन प्रसन्न रहनेछ । बौद्धिक कार्यमा निकै अगाडिबढ्ने अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ । पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला । भएका सन्तानबाट सुख र नहुनेको सन्तान प्राप्तीको योगपनि छ । छात्र वृद्धि हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्नपाउने वलियो सम्भावनाछ । अन्ताराष्ट्रिय पुरस्कारसहितको चिनारीले तपाईं स्वयम्लाई र देशलाई सम्मान प्राप्त हुनेछ । धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला । व्यापारमा उन्नति हुनुको साथै धन प्रशस्त कमाउने अवसर मिल्नेछ । प्रेमसम्वन्ध वलियोहुने, नयाँ प्रेम हुने, भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्ने योगछ । राजनीतिमा आफ्नु वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नतिसहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योगछ । आषाढ २६ गतेबाट षष्ट भावमा गुरुले गोचर गर्नेहुँदा स्वास्थमा बाधा आउने शत्रु बढ्ने,नोकरी तथा राजनीतिमा शत्रुले अवरोध सृर्जना गर्ने भएकोले गोपनीयता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला । माघदेखि छैटौं स्थानमा राहुले गोचर गर्ने भएकोले समय राम्रो हुनेछ । शत्रुमाथि विजय हासिल गरी अगाडिबढ्ने अवसर मिल्नेछ । स्वास्थमा सुधार आउनुको साथै रोकिएका कामहरू बन्नेछन् । ज्येष्ठ, भाद्र, पौष, माघ महिना शुभ रहेकोले महत्वपूर्ण काम गर्नेअवसर मिल्नेछ । आषाढ, कार्तिक, फाल्गुन प्रतिकूल महिना भएकोले संयम भएर काम गर्नु राम्रो हुनेछ ।
स्रोत;हाम्रो पात्रो 

No comments :

Post a Comment